Three rockets hit US embassy in Baghdad
Three rockets were fired at the US embassy in the Iraqi capital of Baghdad on Sunday. The attack took place when thousands of protesters were protesting against the government across the country.
In recent days, the number of attacks on US military positions, embassies and Iraqi military camps has increased. No group has claimed responsibility for the attack so far. But Washington claims Iran-backed military groups in Iraq have carried out such attacks.
The rocket struck Sunday at the embassy's kitchen and two other places, a security source told AFP News Committee. A senior Iraqi official has told AFP that at least one person was injured. However, it was not immediately confirmed how serious the casualties were and whether the man was a US citizen or an Iraqi staff member working on the mission.
The US State Department on Sunday called on the Iraqi government to "fulfill its obligation to protect our diplomatic facilities." Iraqi Prime Minister Adel Abdel Mahdi and Speaker Mohammed Halbusi have condemned the incident, saying the situation threatens to drag the homeland into war. Iraq has also been drawn amid tensions between the US and Iran, which began last month.बग्दादस्थित अमेरिकी दूतावासमा तीनवटा रकेट प्रहार
आइतवार इराकको राजधानी बगदादमा अवस्थित अमेरिकी दूतावासमा तीन रकेट प्रहार गरिएको छ । हजारौं प्रदर्शनकारीले देशभर सरकार विरोधी प्रदर्शन गरिरहेको अवस्थामा सो आक्रमण भएको थियो ।
हालैका दिनहरुमा अमेरिकी सेना खटाइएको स्थान, दूतावास र इराकी सैन्य शिविरमा आक्रमणका घटनाहरु बढेको छ । यस आक्रमणको कुनै पनि समूहले हालसम्म जिम्मेवारी लिएको छैन । तर वासिङ्टनले इराकमा इरान समर्थित सैन्य गुटले यस्ता आक्रमणहरु गरेको दाबी गरेको छ ।
आइतवार दूतावासको खाना पकाउने ठाउँ र अन्य दुई वटा स्थानमा रकेट प्रहार भएको सुरक्षा स्रोतले एएफपी समाचार समितिलाई जनाएको छ । एक वरिष्ठ इराकी अधिकारीले कम्तीमा एक व्यक्ति घाइते भएको एएफपीलाई बताउनु भएको छ । तर घाइतेको अवस्था कति गम्भीर हो र उक्त व्यक्ति अमेरिकी नागरिक वा मिशनमा कार्यरत इराकी स्टाफ सदस्य हुन या होइनन् भन्ने बारेमा पनि तत्काल पुष्टि भएको छैन ।
अमेरिकी विदेश मन्त्रालयले आइतबार इराक सरकारलाई ‘हाम्रो कुटनीतिक सुविधाहरुको रक्षा गर्न आफ्नो दायित्व पूरा गर्न’ आह्वान गरेको छ । इराकी प्रधानमन्त्री अदेल अब्देल महदी र सभामुख मोहम्मद हलबुसीले यस घटनाको भत्र्सना गर्दै यसो अवस्था रह्यो भने मातृभूमिलाई युद्धमा तान्ने जोखिम रहेको बताउनु भएको छ । अमेरिका र इरानमा गत महिनाबाट शुरु भएको तनावको कारण बीचमा इराक पनि तानिएको छ ।
0 comments: