Monday, February 24, 2020

सोमबार ८० हजार नाघेको सुन आज घट्योे, चाँदी स्थिर

हिजो सोमबार एकै दिन तोलामा १५ सय रुपैयाँ बढेको सुन आज मंगलबार भने घटेको छ ।

आज छापावाल सुन प्रतितोला ८० हजार तथा तेजावी सुन ७९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महसंघले जनाएको छ ।

सोमबार स्थानीय बजारमा छापावाल सुन प्रतितोला ८० हजार ३ सय तथा तेजावी सुन ८० हजार रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ९२५ मा कारोवार भएको छ।

सोमबार पनि चाँदी सोही मुल्यमा कारोबार भएको थियो ।

0 comments: