Saturday, September 11, 2021

संखुवासभा मादि–१ उम्लिङमा छ जनाको हत्या आरोपी पक्राउ

प्रहरीले सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङ हत्याकाण्डका आरोपीलाई पक्राउ गरेको छ । मादि–१ उम्लिङका लोकबहादुर कार्कीलाई प्रहरीले घटनाको पाँचदिनपछि पक्राउ गरेको हो लोकबहादुर र हत्या गरिएका ५२ वर्षीय तेजबहादुर कार्की काका भतिजको नातेदार हुन् । आवेगमा लोकबहादुर एक्लैले तेजबहादुरसहित ६ जनाको ज्यान लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मादी नगरपालिका–१ घर भएकी आमा पार्वती कार्की, छोरा तेजबहादुर कार्की, बुहारी कमला, नातिनी बुहारी ३२ वर्षीया रञ्जना कार्की, पनाति ८ वर्षका विपिन कार्की र ५ वर्षीया गोमा कार्कीको गत भदौ २१ गते हत्या गरिएको थियो । शव फरक–फरक चार स्थानमा फेला परेको थियो । संघीय प्रहरी इकाई कार्यालय धरानका एसपी भीम दाहाल, केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएका डिएसपी रुगम कुँवर र संखुवासभाका डिएसपी लालध्वज सुवेदी सहितको अनुसन्धान अधिकृतहरूले हत्या अनुसन्धान गर्न घटनास्थलमा खटिएको थियो ।
Police have arrested the accused in the Umling murder case in Madi Municipality-1 of Sankhuwasabha. Police arrested Lok Bahadur Karki of Madling-1 Umling five days after the incident. Lok Bahadur and Tej Bahadur Karki, 52, are relatives of the deceased.