मानुषी लघुवित्त वित्तिय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड कहिले हाेला भन्ने सबैकाे चासाेकाे विषय बनेकाे छ । लगानीकर्ताकाे यही चासाे मेटाउन हामीले कम्पनीकाे आईपीओकाे बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्टसँग कुरा गरेका छाैँ ।
क्यापिटलका अनुसार हिजाेसम्म शंकास्पद आवेदकहरूकाे छनाेट गरिएकाे छ । डाटा भेरिफिकेसनकाे काम आजसम्म सक्याएर प्री-अलाेटमेन्ट भाेलि गर्ने तयारी गरिएकाे छ । त्यसैले, सिडिएस र बाेर्डकाे अनुमति पाएमा सम्भवत: आइतबारसम्म बाँडफाँड सम्पन्न गरिने तयारी भइरहेकाे क्यापिटलले जनाएकाे छ ।
संस्थाले साउन २७ गतेदेखि साउन ३१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेकाे थियाे । जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता सेयरका सर्वसाधारणहरूका लागि छुट्याइएकाे थियाे ।
अन्तिम दिनसम्ममा २४ लाख ३ हजार ५५ जना आवेदकले ३ करोड ६ लाख ३२ हजार ४ सय ५० कित्ताको लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि माग गरिएकाे भन्दा ८३.१० गुणा धेरै हो ।
मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ । अन्तिम तथ्यांक हेर्दा ३६ हजार ८ सय ५९ जनाले मात्र सेयर पाउने छन् । बाँकी २३ लाख बढी आवेदककाे हात खाली हुनेछ ।
दोस्रो बजारमा सूचिकृत जलविद्युत कम्पनीहरूमा हकप्रदको बहार आउँदा जलविद्युत कम्पनीहरूको शेयर मूल्य लगातार बढ्न थालेका छन्। धमाधम जलविद्युत कम्पनीहरूले हकप्रदको घोषणा गर्न थालेसँगै कम्पनीका शेयर मूल्य लगातार बढ्न थालेका हुन्।
दोस्रो बजार यति बेला हाइड्रोपावरमय हुँदै जान थालेको छ। समग्र कारोबारमा समेत उनीहरूको वर्चस्व लगातार बढ्दै गएको छ। हकप्रदको आश र सर्वसाधारण लगानीकर्ताले छोटो अवधिको लागि जलविद्युत कम्पनीहरूको शेयर खरिद बिक्री चाप बढाएसँगै उनीहरूको शेयर कारोबारमा वर्चस्व बढ्दै गएको हो।
गत आर्थिक वर्षको साधारण सभा आह्वान गर्ने अधिकांश हाइड्रोपावर कम्पनीहरूले धमाधम हकप्रद शेयर जारी गर्ने प्रस्ताव अघि सारेका छन्। बुधवार मात्रै साधारण सभा आह्वान गरेको अरुण कावेली हाइड्रोपावरले १७ प्रतिशत बोनस पश्चात् १ बराबर १ शेयर बराबरको अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरेको छ। अरुण काबेलीसँगै धेरैजसो हाइड्रोपावर कम्पनीले हकप्रद जारी गर्ने प्रस्ताव सहित साधारण सभा बोलाउन थालेका छन्। गत सोमबार मात्रै साधारण सभा आह्वान गरेको ङादी ग्रुप पावरले पनि २० प्रतिशत बोनस पश्चात् १ बराबर २ शेयरको अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव अघि सारेको छ। हकप्रद प्रस्ताव गर्ने अन्य कम्पनीहरूमा सिनर्जी पावरले १० प्रतिशत बोनस पश्चात् ५० प्रतिशत हकप्रद, राधि विद्युतले ३६.५ प्रतिशत बोनस शेयर र सो पश्चात् १४७.५२ प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ। युनियन हाइड्रोपावरले पनि हकप्रद निष्कासन गर्ने प्रस्ताव अघि सारेको छ।
साधारण सभामा हकप्रदको प्रस्तावको लहर चल्दा केहीले भने बिक्री प्रबन्धक समेत नियुक्ति प्रक्रिया सुरु गरेका छन्। बिक्री प्रबन्धक नियुक्त गर्नेमा वरुण हाइड्रोपावर रहेको छ। छ्याङ्दी हाइड्रोले ३० प्रतिशत हकप्रद शेयर जारी भन्दै नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ। हकप्रदको लहरमा केहीले भने हकप्रद निष्कासन प्रक्रिया सकेका छन्। अरुण भ्याली हाइड्रोपावरले केही समय अघि मात्रै ५० प्रतिशत हकप्रद शेयर बिक्री गरिसकेको छ।
कम्पनीहरूले हकप्रदको प्रस्ताव आवश्यक भएरै गरेका हुन् वा बढ्दो बजारलाई क्यास गर्न प्रस्ताव गरिरहेका हुन्? बजारमा सोचनीय विषय बन्दै जान थालेको छ। किनकी भर्खरै हकप्रद निष्कासन गरेका कम्पनीले समेत लगत्तै हकप्रदको प्रस्ताव गरेपछि हकप्रदको विषय सोचनीय बन्दै गएको हो। अपि पावरले चुक्ता पूँजीको १०.५ प्रतिशत बोनस शेयर वितरण गर्ने र बोनस शेयर वितरण पश्चात् कायम चुक्ता पूँजीको १ बराबर ०.३९३६ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव अघि सार्यो। जबकि उसले केही समय अघि मात्रै १ बराबर ०.२९३८ कित्ता बारावरको अनुपातमा हकप्रद शेयर जारी गरिसकेको छ।
हाइड्रोपावर कम्पनीहरूमा हकप्रदको लहर चल्दै गर्दा दोस्रो बजारमा त्यसको प्रत्यक्ष असर देखिएको छ। हकप्रद प्रस्ताव गर्ने कम्पनीहरूको मूल्य सबैभन्दा धेरै बढेका छन्। जसले समूहगत सूचकमा वृद्धि गर्न समेत टेवा पुर्याएका छन्। हाल कारोबार भइरहेको १३ उपसमूहमा हाइड्रोपावर उपसमूहको सूचक उच्च रूपले बढेको छ। सूचकमा मात्रै बढेको छैन कारोबारमा समेत वर्चस्व कायम हुँदै गएको छ। गएको दुइ महिनामा नै हाइड्रोपावर उपसमूहको सूचक २४.४६ प्रतिशतले बढी सकेको छ। गत असार १ गते ३१४४.९५ विन्दुमा रहेको हाइड्रोपावर उपसमूहको सूचक बुधवार सम्ममा ३९१४.३२ विन्दुमा उक्लिएको छ। जबकि यस अवधिमा नेप्से सूचक भने ५.४६ प्रतिशतले मात्रै बढेको छ। असार १ गते ३०२२.११ विन्दुमा रहेको नेप्से सूचक मंगलबारसम्ममा ३०२२.११ विन्दुमा पुगेको हो। नेप्से सूचकमा खासै ठुलो अन्तर नदेखिनु तर जलविद्युतको सूचकमा उछाल आउनुलाई हकप्रदकै कारणको रुपमा लिइएको छ।
सूचकमा तीव्र उछाल आउँदै गर्दा शेयर मूल्यमा समेत तीव्र उछाल देखिएको छ। यस अवधिमा अधिकांश हाइड्रोपावरको शेयर मूल्य ५० प्रतिशत भन्दा धेरैले बढेका छन्। केही दिन अघि मात्रै हकप्रद जारी गर्ने प्रस्ताव गरेको ङादी ग्रुप पावरको शेयर मूल्य असारयता १३० प्रतिशतले बढेको छ। असार १ गते उसको शेयर मूल्य प्रतिकित्ता ५४९ रुपैयाँ रहेकोमा बुधवार उसको शेयर मूल्य १२६७ रुपैयाँमा अन्तिम कारोबार भयो। तीव्र मूल्य बढ्नेमा माउन्टेन हाइड्रो छ। उसको ८२ प्रतिशत मूल्य बढेको छ। युनिभर्सल पावरको ८१ प्रतिशत, कालिका पावरको ७३ प्रतिशत, नेपाल हाइड्रोको ७२ प्रतिशत र खानि खोला हाइड्रोपावरको शेयर मूल्य ७१ प्रतिशतले बढिसकेका छन्।
हाइड्रोपावर कम्पनीहरूको नियामक निकाय विद्युत् नियमन आयोगले पनि सकारात्मक नेटवर्थ भएका हाइड्रोपावर कम्पनीहरूलाई हकप्रद जारी गर्न दिने तयारी गरेको छ। विद्युत् नियमन आयोगले हकप्रद जारी गर्न दिने तयारी गर्नु र यता कम्पनीहरूले समेत धमाधम साधारण सभामा हकप्रद जारी गर्ने प्रस्ताव ल्याउँदा पछिल्लो समय लगानीकर्ता भने हाइड्रोपावर कम्पनीको शेयरमा बढी आकर्षित भएको लगानीकर्ताहरूको भनाई छ।
तर हकप्रद प्रस्ताव गरेकै आधारमा शेयर मूल्य बढ्दै गएको छ। उक्त मूल्य वृद्धि टिकाउ हुनेमा भने जानकारहरूले शंका गरिरहेका छन्। अर्को तर्फ महँगो ब्याजदरहुँदा ऋण लिन हतार गर्ने कम्पनीले सस्तो ब्याजदर हुँदा भने ऋण तिर्न कै लागि भन्दै हकप्रद प्रस्ताव गरिरहेका छन्। महँगो ब्याजदर हुँदा हकप्रद मार्फत पूँजी थप गर्न हिच्किचाउदै ऋण लिन आतुर संस्थापकहरू यति बेला भने थप पूँजी वृद्धि गर्नु पर्छ भन्दै हकप्रदमा जान लालायित देखिएका छन्। जसलाई बढेको बजारसँग जोड्न थालिएको छ। बजार घटेको बेला बेस प्राइसको हाराहारीमा झरेका कम्पनीहरूले त्यस बेला हकप्रद निष्कासन गर्न चाहेका थिएनन्।
उक्त समयमा हकप्रद बिक्री हुन नै हम्मेहम्मे पर्ने भएकोले पनि उनीहरूले हकप्रदको प्रस्ताव गर्ने आँट गरेका थिएनन्। तर यति बेला सबै कम्पनीको मूल्य बढ्दै गएपछि सञ्चालकहरुमा हकप्रद मार्फत रकम संकलन गर्ने कन्फिडेन्स बढ्दै गएको हो। कम्पनीले लामो समयदेखि प्रतिफलका हिसाबले न्यून लाभांश दिएको भए पनि हकप्रदमा जाने सञ्चालकको कन्फिडेन्सले आगामी दिनमा सर्वसाधारण शेयरधनीलाई कत्तिको रिटर्न दिन सक्छन् त्यसले नै हकप्रदको औचित्य पुष्टि गर्ने छ।merolagani बाट सभार
